• ट्रेण्डिङ्ग :
मोरङ ३ बाट राप्रपा नेतृ रेखा थापाले गराइन् उम्मेद्‌वारी दर्ता

मोरङ ३ बाट राप्रपा नेतृ रेखा थापाले गराइन् उम्मेद्‌वारी दर्ता


  • 4.4K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    मोरङ ३ बाट राप्रपा नेतृ रेखा थापाले गराइन् उम्मेद्‌वारी दर्ता

    काठमाडौं । राप्रपाकी नेतृ रेखा थापाले मोरङ ३ बाट प्रतिनिधिसभाको लागि उम्मेद्‌वारी दर्ता गराएकी छन् । उनले आफूले युवा विद्रोहका रुपमा उम्मेद्‌वारी दिएको पनि जनाएकी छन् । 

    images

    आफ्नो राजनीतिक यात्रालाई उनले समयको मागसमेत भनेकी छन् । ‘मेरो राजनीतीक यात्रा समयको माग हो । आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसद्‌मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो,’ उनले फेसबुकमा लेखेकी छन् ।

    उनले यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुने पनि विश्वाससमेत लिएकी छन् ।

    उनले फेसबुकमा लेखेकी छन्-
    मेरो राजनीतीक यात्रा समयको माग हो । आज मोरङका जनताको सेवाका लागि विगत ३० वर्षदेखि संसद्‌मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, हामीले आवाज नउठाए कसले उठाउँछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजका लागि सम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सधैं देशको, राजनीतिको केन्द्रविन्दु हुँदा-हुँदै पनि पछि परेका छौं त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नं. ३ बाट युवा विद्रोहका रुपमा उम्मेद्वारी दिएकी छु । रंगमञ्चको पर्दामा रेखा थापाको जुनखालको योगदान थियो अब नेपाली समाजको, मोरङवासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित विशेष काम गर्नेछु । यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद् बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईंको बीचमा आफूलाई उभ्याउनेछु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ, मोरङवासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिवर्तनका संवाहक पनि हुन्, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिवर्तनका लागि विद्रोह गर्दै छ । त्यो चेतनशील विद्रोहमा सम्पूर्णआमा बुबा-दाजुभाइ दिदीबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैं उच्च सम्मान गर्नेछु । मोरङवासीको जित सुनिश्चित छ ।
    धन्यवाद


    तेस्रो आँखा