महिला नेतृ
काठमाडौंमा माओवादीलाई ३ सिट, ओनसरी, मानुषी र कल्पनाको उम्मेद्‌वारी

काठमाडौंमा माओवादीलाई ३ सिट, ओनसरी, मानुषी र कल्पनाको उम्मेद्‌वारी


  • 8.8K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    काठमाडौंमा माओवादीलाई ३ सिट, ओनसरी, मानुषी र कल्पनाको उम्मेद्‌वारी

    काठमाडौं । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा काठमाडौंमा तीनवटा क्षेत्र पाएको छ । माओवादीले आफूले पाएको तीनै सिटमा महिलालाई उम्मेद्‌वार बनाएको छ । काठमाडौं २ मा माओवादीले पूर्वसभामुख ओनसरी घर्तीमगर, काठमाडौं ७ मा मानुषी यमी भट्टराई र काठमाडौं ९ मा कल्पना धमलालाई उम्मेद्‌वार बनाएको हो ।

    images

    माओवादीले तीनैजना महिला उम्मेद्‌वारलाई अघि सारेको हो । मानुषी भने नेपाल समाजवादी पार्टीकी नेतृ हुन् । सो पार्टीले माओवादी केन्द्रको चुनाव चिह्‌नबाट चुनाव लड्ने निर्णय गरेको थियो । यी तीनैजना सत्ता गठबन्धनका साझा उम्मेद्‌वार हुन् ।

    यसैगरी ललितपुर ३ मा पनि माओ‌वादीले नेतृ पम्फा भुसाललाई टिकट दिएको छ । माओवादी केन्द्रकी उपमहासचिवसमेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी
  • # राजनीति

  • तेस्रो आँखा