काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडोैं – १ मा अन्तराष्ट्रिय नेपाली टोपी दिवसका अभियन्ता तथा उद्यमी शंकर बन्जाडेले उम्मेदवारी दर्ता गरेका छन् । आज (आइतबार) निर्वाचन कार्यालय काठमाडोैँ – १ मा पुगेर बन्जाडेले उम्मेदवारी दर्ता गराएको विवेकशील साझाको सूचना तथा सञ्चार प्रविधि विभागले जनाएको छ ।

बन्जाडेले लामो समय अन्तराष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रवर्द्धनमा अग्रणी भुमिका निर्वाह गरेका थिए । उनी सफल युवा उद्यमी पनि हुन् । राजनीतिशास्त्र र वाणिज्यशास्त्रबाट स्नातकोत्तर गरेका बन्जाडेले नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरुको हस्तक्षेप आवश्यक रहेकाे बताए । आफ्नो उम्मेदवारी भ्रष्टाचारविरुद्ध पनि भएकाे उनको भनाइ छ ।
