संघ-प्रदेश चुनाव
राप्रपा महामन्त्री कुन्ती शाही दैलेखबाट चुनाव लड्दै 

राप्रपा महामन्त्री कुन्ती शाही दैलेखबाट चुनाव लड्दै 


  • 19.7K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 30.3K Views

    राप्रपा महामन्त्री कुन्ती शाही दैलेखबाट चुनाव लड्दै 

    काठमाडौं । राप्रपाका महामन्त्री कुन्तीकुमारी शाही दैलेख १ बाट प्रतिनिधिसभाका लागि उम्मेद्‌वारी दर्ता गरेकी छन् । कार्यकर्तासहित दैलेख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    images

    ठूला राजनीतिक दल कांग्रेस, एमालेसँग भिड्ने तयारीमा छन् कुन्ती । २०४७ सालबाट राप्रपाको राजनीतिमा लागेकी कुन्ती तीन दशकपछि राप्रपाको महामन्त्रीमा निर्वाचित भएकी थिइन् । 

    उनले विद्यार्थीकालमा नेपालगन्जको महेन्द्र बहुमखी क्याम्पसबाट राजनीति गरिन् । हालका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् । अहिले लिङ्देन राप्रपा अध्यक्ष हुँदा कुन्ती महामन्त्री छन् ।

    दैलेखमा आफ्नो पार्टीको संगठन निर्माण र विकासका लागि आफ्नो उम्मेदवारी रहेको कुन्तीले बताइन् ।

    309751717_502274751745637_3778478111318546270_n.jpg

  • सम्बन्धित विषय:

  • # संघ–प्रदेश चुनाव

  • तेस्रो आँखा
    लेखकबाट थप