संघ–प्रदेश चुनाव
यसरी गराए उम्मेद्‌वारले मनोनयन दर्ता (फोटो फिचर)

यसरी गराए उम्मेद्‌वारले मनोनयन दर्ता (फोटो फिचर)


  • 5.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    यसरी गराए उम्मेद्‌वारले मनोनयन दर्ता  (फोटो फिचर)

    MD-Morang-ManonayanRPPc.jpgकाठमाडौं ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सम्पन्नन भएको छ । देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

    images

    कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामवद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलेको थियो । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो । 

    मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो । साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्ष नेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।

    निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, देशभर प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४७३ जनाको उम्मेदवारी परेको छ । जसमा  पुरुष २ हजार २४२ छन् भने महिला २ सय ३१ ले उम्मेदवारी मनोनयन गराएका छन् ।

    यस्तै प्रदेशतर्फ हालसम्म देशभर ३ हजार ३९३ जनाले उम्मेदवारी दर्ता गराएका छन्  । जसअनुसार, पुरुष ३ हजार ९९, महिला २९३ र अन्य एकजनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारीले कसरी दर्ता गराएका थिए मनोनयन ? तस्बिर हेरौँ : 

    AKY-Rajbiraj-ChairYadava.jpg

    राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव  । तस्बिर : अरुणकुमार यादव

    AKY-Rajbiraj-ChairYadavb.jpg

    सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार आफ्नो मनोनयन पत्र दर्ता गर्दै जनता समाजवादी पार्टी (जसपा)  नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव । तस्बिर : अरुणकुमार यादव

    AKJ-Inaruwa-MinisterKarkic.jpg

    प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट मनोनयनपत्र दर्ता गराएपछि संचारकर्मीसंग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : अजितकुमार झा

    RBT-Baglung-ChairKC.jpg

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट बागलुङ–१ मा आइतबार उम्मेदवारी दर्ताका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । तस्बिर : रामबहादुर थापा

    MD-Morang-ManonayanPandite.jpg

    नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि आइतबार जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर : मनोज दाहाल

    MD-Morang-ManonayanRPPc.jpg

    राप्रपा नेता एवं कार्यकर्ताहरु मोरङ क्षेत्र ६ अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आइतबार जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउँदै । तस्बिर : मनोज दाहाल

    MD-Morang-ManonayanDrKoiralaa.jpg

    नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि आइतबार जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराउँदै ।  तस्बिर : मनोज दाहाल

    NP-KTM-ManonayanDartaa.jpg

    काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि मनोनयनपत्र दर्ता गरेपछि अभिवादन गर्दै युवा सङ्घका अध्यक्ष किरण पौडेल । तस्बिर : नवीन पौडेल

    NP-KTM-ManonayanDartad.jpg

    काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि मनोनयनपत्र दर्ता गरेपछि अभिवादन गर्दै युवा सङ्घका अध्यक्ष किरण पौडेल । तस्बिर : नवीन पौडेल 

    NS-Bidur-Manonayanb.jpg

    नुवाकोटको विदुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयन दर्ता गर्दै विभिन्न दलका उम्मेदवाहरु । तस्बिरः नवदीप श्रेष्ठ

    PA-Karnali-Manonayana.jpg

    सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनका तर्फबाट कांगे्रस उम्मेदवार कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेल आइतबार वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हात मिलाउँदै । तस्बिरः प्रकाश अधिकारी,

    MD_Dumre.jpg

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शङ्कर भण्डारी प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नं २ बाट मनोनयनपत्र दर्ता गर्दै । तस्बिर : मिला दरै

    LKB_baral-PadmaAryal1.jpg

    नेकपा एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालले प्रतिनिधिसभाका लागि  स्याङ्जा क्षेत्र नं. २ बाट मनोनयनपत्र दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर : तोलाकान्त बगाले

    BRO-KTM-3.jpg

    नेपाली कांग्रेसका नेता प्रदिप पौडेल, काठमाडौंको क्षेत्र–५ बाट मनोनयनपत्र दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ।

    BRO-KTM-2.jpg

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौंको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर :भीष्मराज ओझा

    BRO-KTM.jpg

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार काठमाडौंको क्षेत्र–४ बाट मनोनयनपत्र दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर : भीष्मराज ओझा

    UP_rauthat-ediet.jpg

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको क्षेत्र– १ बाट मनोनयनपत्र दर्ता गरेका छन् । तस्बिर : उत्तम उपाध्याय

    DB_daleldhura.jpg

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयनपत्र दर्ता गराउँदै देउवापत्नी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा । तस्बिर : धनबहादुर भण्डारी

    NP_KTM-20221009144645_0D3A1809.jpg

    काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रमेश खरेल । तस्बिरः नवीन पौडेल

    GK_Pathari-IMG_3559.jpg

    मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नायिका रेखा थापा । उनले मोरङ क्षेत्र नं. ३ को निर्वाचन कार्यालय बेलबारीमा आज मनोनयन दर्ता गराएकी हुन् ।  तस्बिरः गोपाल काफ्ले

    MA_Dhodarachadani-3.jpg

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला समन्वय समितिस्थित निर्वाचन अधिकृतको कार्यालयमा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउँदै निरु पाल । तस्बिरः महादेव अवस्थी

    NG_Rupandehi-1-bishnu.jpg

    प्रतिनिधिसभा निर्वाचनमा लागि रुपन्देही क्षेत्र नं २ बाट आइतबार बुटवल उपमहानगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै एमालेका उपाध्यक्ष विष्णु पौडेल । तस्बिर : निरा गौतम

    CKK_KTM-39de-ce9c-4e51-9818-36c808ed7df7.jpg

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार बुढानिलकण्ठस्थित चपली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न जाँदै राजन भट्टराई । तस्बिर स्चन्द्रकला क्षेत्री

    PNA_Arghakhachi_134739.jpg

    अर्घाखाँचीमा  नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरेका प्रतिनिधिसभाका लागि टोपबहादुर रायमाझी, प्रदेशसभा ‘क’ मा  चेतनारायण आचार्य र ‘ख’ मा रामजीप्रसाद घिमिरे  । तस्बिरः प्रेमनारायण आचार्य

    RB_Bhirahawa-IMG_20221009_140721.jpg

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिन जाँदै नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण । तस्बिरः राधेश्याम विश्वकर्मा

    JBS_Pokhara-IMG_20221009_140753.jpg

    एमालेको कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारी कास्की क्षेत्र न २ को निर्बाचन कार्यालय रहेको पोखरा सभागृहमा उम्मेदवारी दर्ता गराउँदै । तस्बिरः जमुनावर्षा शर्मा

    NR_Dang-IMG20221009135550.jpg

    तिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं ३ बाट  उम्मेदवारी दर्ता गराउँदै नेकपा एमालेकी नेत्री कोमल वली । तस्बिरः नारायण रजौरे

    PK_Mushikot-1.jpg

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यका लागि खलंगामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गर्दै । तस्बिर : परिचन्द्र खत्री

    ishwar pokhrel.JPG

    नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, नारायण सिलवाल र दीपक निरौंला टोखा नगरपालिका५ को  कार्यालय श्रीसमाज भवन धापासीमा  प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी  दर्ता गर्न जाँदै । तस्बिर :चन्द्रकला क्षेत्री

    KT_Melamchi-IMG_20221009_115658.jpg

    प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिनेश श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गर्दै । तस्बिरः किरण थापा

    RB_Bhairahawa-IMG_3274.jpg

    रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको लागि मनोनयन दर्ता गराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरा । तस्बिरः राधेश्याम विश्वकर्मा

    CB_Jhapa-rajendra.jpg

    झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय चन्द्रगढीमा उम्मेदार मनोनयन पत्र दर्ता गराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : चन्द्रकला भण्डारी

  • सम्बन्धित विषय:

  • # संघ–प्रदेश चुनाव

  • तेस्रो आँखा
    लेखकबाट थप