प्रतिनिधि/प्रदेशसभा निर्वाचन
प्रत्यक्ष स्पर्धामा ठूला पार्टीका महिला नेतृ, को कहाँ ? (नामसहित)

प्रत्यक्ष स्पर्धामा ठूला पार्टीका महिला नेतृ, को कहाँ ? (नामसहित)


  • 6.4K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    प्रत्यक्ष स्पर्धामा ठूला पार्टीका महिला नेतृ, को कहाँ ? (नामसहित)

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म २३१ महिलाले उम्मेद्‌वारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।

    images

    निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्यांकनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न २३१ महिलाले उम्मेद्‌वारी दिएका हुन् । उम्मेद्‌वारी दिनेमा नेपाली कांग्रेसबाट पाँचजना छन् ।

    अर्घाखाँचीबाट कांग्रेस नेतृ तथा पूर्व-उपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ-२ बाट सुजाता कोइराला, सिरहा-२ बाट चित्रलेखा यादव र मकवानपुर-१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहेकी छन्  ।

    त्यस्तै नेकपा (एमाले) का सातजनाले उम्मेद्‌वारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा-१ बाट पद्मा अर्याल, कञ्चनपुर-३ बाट निरूदेवी पाल, दाङ-१ बाट शान्ता चौधरी, दाङ-३ बाट कोमल वली, सुनसरी-३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की-२ बाट विद्या भट्टराई रहेकी छन्  । 

    नेकपा माओवादी केन्द्रबाट काठमाडौं-२ बाट ओनसरी घर्ती, काठमाडौं-९ बाट कल्पना धमला, काठमाडौं-७ बाट मानुषी यमी भट्टराई, ललितपुर-३ बाट पम्फा भुसाल र दाङ-२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएकी छन् ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट गुल्मी-२ मा रामकुमारी झाँक्रीले उम्मेद्‌वारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ-३ मा रेखा थापाले उम्मेदवारी दिएकी छन् । 

    प्रतिनिधिसभातर्फ कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा तीन हजार तीन सय ९३ मध्ये पुरुष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति

  • तेस्रो आँखा