• ट्रेण्डिङ्ग :
अवसरवादको चित्र
भ्रष्टसँग साठगाँठको गुदी

भ्रष्टसँग साठगाँठको गुदी


  • 6.2K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    भ्रष्टसँग साठगाँठको गुदी

    काठमाडौं । वर्षदिन पहिला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरबौँ भ्रष्टाचार गरेको प्रमाण जनतासामु पेस गर्थे । बाबुरामका नजरमा प्रचण्डका विचारहरु स्खलित थिए । प्रचण्डलाई सोझै  भ्रष्टाचारी भन्थे । निकम्मा भन्थे ।

    images

    त्यतिबेला बाबुरामले पेस गरेको ‘प्रचण्ड भ्रष्टाचार फाइल’ जनता सुनेर बस्थे । जसको विकल्प थिएन । जाबो जनता न हुन् ! प्रचण्ड जस्तो सुप्रिमोलाई के गर्न सक्थे र ? बाबुरामले सुप्रिमोको भ्रष्टाचार फाइलमा जति खोले पनि ।

    20221010_082359.jpg

    बाबुराम कुनै कार्यक्रममा खोल्न छुटाउँदैन थिए प्रचण्डको भ्रष्टाचार फाइल । अनि सुनाउथे, ‘प्रचण्ड यति स्खलित भइसकेका छन् । भ्रष्ट भइसकेका छन् कि उनी त्यहाँबाट उम्किन सक्दैनन् ।’

    यसो भनिरहँदा माओवादीका नेता कार्यकर्तामा त्रास पैदा भएको थियो, ‘ओहो हाम्रो कमाण्डर यत्तिसम्म भ्रष्ट ? ।’ तर, अहिले बाबुराम ठिक उल्टो भएका छन् । यतिबेला प्रचण्ड नभए संसार रहदैन भन्ने अवस्थामा पुगेका छन्  बाबुराम । 

    बाबुराम डाक्साब (डाक्टर साहेब) यतिबेला सुप्रिमोको गुनगान गाइरहेका छन् । नारा भजाइरहेका छन् । त्यति मात्रै नभइ आफु चुनाव लड्ने क्षेत्र सुप्रिमोलाई सुम्पिएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डलाई विचारबाट स्खलित, भ्रष्टसँगै नालायक भन्ने डाक्साबको कम्पास एकैचोटि ‘नेपाली राजनीतिमा प्रचण्ड नभए दिसा गर्न पनि सकिँदैन’ भन्ने दिशामा कसरी पुग्यो त ? केही पुलिन्दाहरु भने छन् ।

    छोरीलाई टिकट

    मानुषी यमी भट्टराई आफैमा एक अब्बल व्यक्ति हुन् । उनीहरु जस्ता राजनीतिमा आउन जरुरी पनि छ । राजनीतिलाई ‘मानुषीहरु’ आवश्यकता छ । राजनीतिको फोहोर सफा गर्न जरुरी छ । युवा माझ निकै लोकप्रिय मानुषी, आगामी मंसिर ४ को निर्वाचनमा काठमाडौं – ७ बाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनाइएको हो । उनी माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हैसिया हथौडाबाट चुनावमा जाने भएकी हुन् ।

    20221010_082455.jpg

    तर, क्षमता र दक्षताका कारण माओवादी केन्द्रले न मानुषीलाई उम्मेदवार बनाएको हो न बनाउने नै थियो  । न त्यो गोलाकार भित्रको हैसिया हथौडामा परेकी हुन् ।  क्षमताका आधारमा मानुषी परेकी होइन त्यसका लागि उनका बावु बाबुरामले काठमाडौं– ७ सँग गोरखा – २ साट्दा मात्रै उनले गठबन्धनबाट निकट पाएकी हुन् । बाबुरामको पहिलो स्वार्थ ।

    जसलाई अवसरमा प्रयोग गर्ने हतियार बनाए पनि बाबुरामको यो निर्णयलाई परिवर्तन चाहनेले  ‘रेड कार्पेट’ओछ्याएर स्वागत गरेका छन् ।  जनताले चाहेका छन् कि, ‘देउवा–ओली–प्रचण्ड’ले पनि यस्तो निर्णय गरून् । बरु छोरा–छोरीकै लागि किन नगरून् । तर, नेपाली राजनीतिबाट ती अनुहारहरु बिदा हुनुपर्छ ।’

    राष्ट्रपति कि उपराष्ट्रपति ?

    माओवादी अध्यक्ष प्रचण्डसँग एउटा क्षमता अझै छ, ‘त्यो अरुलाई पद दिनसक्ने, पदमा पुर्‍याउन सक्ने ।’ उनी सत्ता र शक्तिको लमी नै हुन् । जसलाई प्रयोग गर्ने लिस्टमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पनि पर्छन् ।

    प्रचण्डसँग ‘मलाई उपराष्ट्रपति बनाउँछौँ कि माओवादी फुटाउन बाध्य हुँ ?’ बाङ्गो रुपमा बार्गेनिङ गर्दा पुनले सहजै उपराष्ट्रपति पद पाए । जो, निर्विरोध दोस्रो कार्यकालका लागि निर्वाचित भए । प्रचण्ड नै हुन् उनलाई उपराष्ट्रपति बनाउने । प्रचण्डको पावर यतिसम्म छ ! उनले चाहे भने प्रधानमन्त्री समेत फेर्न सक्छन् । बनाउन सक्छन् । त्यसभित्र बाबुराम पनि पर्छन् । प्रचण्डले नै बाबुराम प्रधानमन्त्री भएका थिए ।

    20221010_082426.jpg

    रपनि, प्रचण्डका विचारहरु स्खलित भनेर  माओवादीबाट सम्बन्ध विच्छेद गरेका थिए । अहिले बाबुराम वर्षौपछि फेरि त्यहीँ सरणमा पुगेका छन् । यो सिनारियो पदकै लागि भएको प्रस्ट बुझिन्छ ।

    कसरी ? 

    पहिलो बार्गेनिङमा बाबुरामले काठमाडौंसँग गोरखा साटेर छोरी र प्रचण्डलाई सुरक्षित बनाए । दोस्रो राष्ट्रपति पदको बार्गेनिङ त हुने नै छ । अरु पनि ! हुने तरखरमा छन् बाबुराम ।

    20221010_082508.jpg

    सुप्रिमोको भाषामा बाबुराम जस्तो अप्ठ्यारो मान्छेलाई प्रचण्डले  २५ वर्षसम्म झेले । अब कति वर्ष झेल्ने ? कि, राष्ट्रपति वा उपराष्ट्रपति पद नपाएपछि बाबुरामले सम्बन्ध विच्छेद गर्ने ? यसको उत्तर ६ महिनापछि पाउने नै छौँ । राष्ट्रपति र उप–राष्ट्रपतिको चुनावमा । त्यसअघिका सिनारियोहरुलाई भने भविष्यवाणी गर्न सकिँदैन ।

    अहिलेदेखि राष्ट्रपतिको चर्चामा कांग्रेसबाट रामचन्द्र पौडेल र एकीकृत समाजवादीबाट झलनाथ खनाल रहेका बेला बाबुरामले माओवादीमा रिइन्ट्री गर्नु रामचन्द्र–झलनाथकै लाइनमा माओवादीबाट जानु प्रस्ट हो ।

    20221010_082526.jpg

    बाबुराम अहिले बताइरहेका छन्, ‘प्रचण्ड गोरखा आउँदा अत्यन्तै हर्षित छु । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति गोरखा आउँदा खुसी नाप्ने यन्त्र छैन ।’ अब राष्ट्रिय आविस्कार केन्द्रले खुसी नाप्ने त्यस्तो केही यन्त्र बनायो भने पहिलो ‘प्रचण्डसँग बाबुराम मिल्दा’को खुसी नाप्नुपर्छ । साँच्चै खुसी छन् त ?

     

  • सम्बन्धित विषय:

  • # अवसरवादी नेता
  • # अवसरवादी नेता

  • तेस्रो आँखा