• ट्रेण्डिङ्ग :
१०३ वर्षीय सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

१०३ वर्षीय सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक


  • 6.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    १०३ वर्षीय सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

    काठमाडौं ।  १०३ वर्षीय वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको किष्ट अस्पतालले जनाएको छ । उनी उक्त अस्पतालमा १८ दिनदेखि उपचाररत छन् । उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    जोशीको छातीमा निमोनियाँ संक्रमण र युरिन इन्फेक्सन देखिएपछि एन्टिबायोटिक सुरु गरिएको थियो । आइतबारदेखि मुटुको चालसम्बन्धी समस्या देखापरेकाले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरेको अस्पातलले जनाएको छ ।

    किष्ट मेडिकल कलेजका निर्देशक एवं प्रा.डा. सुरज वज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ ।

  • सम्बन्धित विषय:

  • # सत्यमोहन जोशी

  • तेस्रो आँखा