बाढी-पहिरो
मुगुमा पहिरोले लियो ८ जनाको ज्यान, तीनजना बेपत्ता

मुगुमा पहिरोले लियो ८ जनाको ज्यान, तीनजना बेपत्ता


  • 6.0K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    मुगुमा पहिरोले लियो ८ जनाको ज्यान, तीनजना बेपत्ता

    बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घट्नास्थल सदरमुकामबाट तीन घण्टा लाग्छ ।  पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए ।

    काठमाडौं । मुगुमा पहिरोमा परी आठजनाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका ११, सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    images

    आठजना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेको हमालले बताए । उनीहरुको परिचय खुल्न सकेको छैन । पहिरोमा परि तीनजना अझै बेपत्ता छन् ।

    बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घट्नास्थल सदरमुकामबाट तीन घण्टा लाग्छ । 

    पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए ।

    जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्‍याएको छ । जतातततै पहिरो गएको छ । बाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ ।

    यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हेलिकोप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकोप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मंगलबार बिहानै उद्धार र राहतका लागि हेलिकोप्टर आउने प्रहरीले जनाएको छ ।

    जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो

  • तेस्रो आँखा
    लेखकबाट थप