• ट्रेण्डिङ्ग :
उचित समयमा बोल्ने नै छु : भीम रावल

उचित समयमा बोल्ने नै छु : भीम रावल


  • 2.9K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 4.4K Views

    उचित समयमा बोल्ने नै छु : भीम रावल

    काठमाडौं ।  नेकपा (एमाले) का नेता भीम रावलले सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले हटाएको विषयमा आफूले हालसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन् ।

    images

     मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि असन्तुष्ट रहेका नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताए । यसबारेमा उचित समयमा बोल्ने उनको प्रतिक्रिया छ ।

    ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन,’ रावलले फेसबुकमा लेखेका छन्, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु ।’

     


    तेस्रो आँखा