• ट्रेण्डिङ्ग :
संघ–प्रदेश चुनाव
उम्मेद्‌वारको नामावली आज प्रकाशन हुँदै

उम्मेद्‌वारको नामावली आज प्रकाशन हुँदै


  • 6.0K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    उम्मेद्‌वारको नामावली आज प्रकाशन हुँदै

    काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) उम्मेद्‌वारहरुको नामावली प्रकाशन गर्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेद्‌वारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । 

    images

    निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने जानकारी दिए ।  

    आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेद्‌वारले नाम फिर्ता लिने दिन तोकेको छ । यस्तै बुधबार ३ बजेभित्र उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेद्‌वारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।

    उम्मेद्‌वारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेद्‌वारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप