• ट्रेण्डिङ्ग :
स्वार्थीको नियति
अनि ‘देउवाहरु’ले हुकुम जारी गरे...

अनि ‘देउवाहरु’ले हुकुम जारी गरे...


  • 4.9K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    अनि ‘देउवाहरु’ले हुकुम जारी गरे...

    अब सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले एक निर्णय गर्‍यो । त्यो केभन्दा, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन ।’

    काठमाडौं । नेकपा एमाले अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउँदासम्म पाँचदलीय गठबन्धन थियो । यहाँसम्म आइपुग्दा गठबन्धन चार दलमा झरेको छ । सिट बाँडफाँडमा कुरा नमिल्दा ओलीलाई बालकोट पुर्‍याउन सहयोग गरेका उपेन्द्र यादव ओलीसँगै चुनावमा घाँटी जोड्ने भएका छन् । चुनावपछि एमाले नेतृत्वको सरकार बनाउन तयार भएका छन् उपेन्द्र ।

    images

    अब सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले एक निर्णय गर्‍यो । त्यो केभन्दा, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेद्‌वारी दिने नेता-कार्यकर्तालाई उम्मेद्‌वारी फिर्ता गर्न निर्देशन ।’

    यो स्वतन्त्र रुपमा उम्मेद्‌वारी दिने नेता कार्यकर्ताले हुकुम दिएसरह मानेका छन् । गुट उपगुटबाट पिल्सिएका नेता कार्यकर्ताले शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले उठाएका उम्मेद्‌वारविरुद्ध स्वतन्त्र रुपमा उम्मेद्‌वारी दिएका छन् ।

    ती उम्मेद्‌वारलाई कारबाही गर्ने सत्ता गठबन्धनको निर्णयसमेत गरेको छ । साथै गठबन्धनका उम्मेद्‌वारविरुद्ध उम्मेद्‌वारी प्रस्तुत गरेकालाई फिर्ता लिन निर्देशन दिइएको हो ।

    कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिइएको हो ।

    निर्वाचन आयोगले निर्धारण गरेको २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेद्‌वारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने निर्णय गरेको हो ।

    bagi 22.jpg