राष्ट्रपति भण्डारी डिस्चार्ज

राष्ट्रपति भण्डारी डिस्चार्ज


  • 4.3K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    राष्ट्रपति भण्डारी डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

    images

    ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो,’ उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकांकहरु सामान्य छन् ।’

    यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी

  • तेस्रो आँखा