• ट्रेण्डिङ्ग :
धनगढी विद्युत् कार्यालय डुबानमा, दैनिक काम ठप्प

धनगढी विद्युत् कार्यालय डुबानमा, दैनिक काम ठप्प


  • 4.2K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    धनगढी विद्युत् कार्यालय डुबानमा, दैनिक काम ठप्प

    काठमाडौं । वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ ।

    images

    दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो । कार्यालय परिसरमा तीनरचार फिटसम्म पानी जमेको छ ।


    विद्युत् महसुल बुझाउन आज कार्यालय पुगेका सेवाग्राहीहरू कार्यालय बन्द देखेपछि महसुल नबुझाई फर्किरहेका देखिन्थे ।

    डुबानमा परेको कार्यालयमा महसुल बुझाउन नपाई फर्किरहेका सेवाग्राही माया भट्टले पानी निकासका लागि उचित व्यवस्था गर्न नसकेर कार्यालयको काम ठप्प पार्नु लाचारीपन भएको बताए ।

    वर्षायाममा सो कार्यालयमा जम्ने पानी निकासका लागि गत वर्ष उपमहानगरपालिका कार्यालयको पहलमा विद्युत् कार्यालय नजिकको सडकमा ह्युमपाइप बिछ्याइएको थियो । तर ह्युमपाइपबाट जमेको पानी निकास हुन नसकेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

    दसैँ बिदामा घर जानुभएका वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल अझै कार्यालयमा फर्किनु भएको छैन । केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले कार्यालयमा देखिएको डुबानको समस्याबारे जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको अत्तरियास्थित प्रादेशिक कार्यालयमा जानकारी गराइएको बताए ।

    कार्यकक्षमा पानी जमेकाले बसेर काम गर्नसक्ने अवस्था नरहेको र जमेको पानीमै काम गर्दा विद्युत् प्रवाहको जोखिम देखिएकाले कार्यालयको कार्यकक्षमा विद्युत् प्रवाहसमेत बन्द गरिएको छ ।

    सेवाग्राहीका घर, पसल, उद्योग, कलकारखानामा भने विद्युत् आपूर्ति नियमिति रहेको निमित्त प्रमुख ठाकुरले बताए ।


    तेस्रो आँखा