कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम साताबाट हुने

कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम साताबाट हुने


  • 6.0K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम साताबाट हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता गर्ने भएको छ । कक्षा ११ को आशिंक/ग्रेड वृद्धि परीक्षा भने वैशाखाको तेस्रो सातादेखि सञ्चालन गर्ने र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ ।

    images

    बोर्डले मंगलबार शैक्षिक सत्र ०७९/८० को परीक्षा सञ्चालनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने जनाएको हो ।

    त्यसका लागि पुस १ बाट परीक्षा आवेदन फाराम वितरण गर्ने र माघ १५ गतेसम्मा फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ । माघ मसान्तसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भरिने र फागुन मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डको कार्यतालिका छ ।

    यस्तै कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फाराम र दोब्बर दस्तुर तिरेर पुस मसान्तसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ । विद्यालयहरूले माघ १५ गतेभित्र बोर्डका कार्यालयमा रजिस्ट्रेसन फाराम बुझाउनुपर्ने र फागुन १५ गतेभित्र रजिस्ट्रेसन फारामको अर्धकट्टी वितरण गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # परीक्षा
  • # राष्ट्रिय परीक्षा बोर्ड

  • तेस्रो आँखा