फाइल फोटो । क्रमशः एमाले उपाध्यक्ष विष्णु पौडेल, राजु गुरुङ र हिमाल बस्याल
काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी गरेको सूचनामा गुरूङको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले उनीहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ । अब रुपन्देही-२ मा गठबन्धन उम्मेदवारविहीन भएको छ ।
गुरुङको उम्मेदवारी खारेजी भएसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारबिहीन बनेको छ। गुरुङ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार थिए ।
हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए। चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न पाउँदैनन् । प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो ।
तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ। त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


