बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 3.8K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रोशन भण्डारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौंको टोखा नगरपालिका ११, गोंगबुका ३४ वर्षीय भण्डारीलाई बुधबार पक्राउ गरिएको हो ।
     
    बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असार १३ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र २२ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भई फरार रहेका भण्डारीलाई गोंगबुको भण्डारीगाउँबाट पक्राउ कार्यालयको भनाइ छ । पक्राउलगत्तै भण्डारीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • तेस्रो आँखा