दीपक गिरीले भने– दाङको विकास गर्न कांग्रेसका उम्मेद्‌वारको जित आवश्यक छ

दीपक गिरीले भने– दाङको विकास गर्न कांग्रेसका उम्मेद्‌वारको जित आवश्यक छ


  • 8.2K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    दीपक गिरीले भने– दाङको विकास गर्न कांग्रेसका उम्मेद्‌वारको जित आवश्यक छ


    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेस तथा गठबन्धनका उम्मेद्वारले जित हासिल गर्न आवाश्यक भएको जनाएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहेका नेता गिरीले बुधबार दाङमा आयोजित कार्यक्रमममा यस्तो बताएका हुन् । 

    images

    Deepak Giri 4.jpg

    नेता गिरीले दाङका साथै आफ्नो निर्वाचन क्षेत्रमा देखिएका विभिन्न समस्याहरु समाधान गर्न आफ्नो विजय आवश्यक भएको दाबी गरे । नेता गिरीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले देश चलाउन नसकेपछि शेरबहादुर नेतृत्वको सरकार गठन भएको पनि जनाए । उनले नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेद्वारलाई जिताउन मातहतका समितिलाई निर्देशन पनि दिएका छन् ।  

    Deepak Giri 5.jpg

    दाङको क्षेत्र नम्बर ३ बाट लोकप्रिय तथा विकासप्रेमी नेता  दीपक गिरीले प्रतिनिधिसभा सदस्यका लागिउम्मेद्वारी दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका गिरी दाङमा प्रभावशाली नेताभित्र पर्छन् । उनलाई सत्ता गठबन्धनले उम्मेद्वार बनाएको हो । गिरीले राष्ट्र र राष्ट्रियता, सामाजिक न्याय, सांस्कृतिक रुपान्तरण र दाङको समग्र विकासका लागि आफूले उम्मेद्वारी दिएको जनाएका छन् । 

    2 Deepak Giri.jpg

    गिरीसँगै प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सहरी विकास, ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी, (ख) बाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की ‘राजेश’ सत्ता गठबन्धनतर्फका उम्मेद्वार हुन् । दाङ क्षेत्र नम्बर ३  कांग्रेसको बलियो क्षेत्र मान्ने गरिन्छ ।

    Deepak Giri 7......jpg

    आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा कांग्रेस तथा गठबन्धनका उम्मेद्वारहरु चुनावी मैदानमा छन् । नेताहरु चुनावी प्रतिबद्धता र योजनाहरु लिएर जनतामाझ गइरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # दाङ

  • तेस्रो आँखा