• ट्रेण्डिङ्ग :
प्रचण्डलाई आयोगको प्रश्न– बाजागाजाको तामझाम किन ?

प्रचण्डलाई आयोगको प्रश्न– बाजागाजाको तामझाम किन ?


  • 4.9K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    प्रचण्डलाई आयोगको प्रश्न– बाजागाजाको तामझाम किन ?

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

    images

    गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।
     मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ ।  

    ‘सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पायौं’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।’

     आयोग स्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ । आयोगले सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । आचारसंहिता उल्लंघन भएमा उम्मेद्वारी रद्दको निर्णयसम्म हुनसक्छ । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा