काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् ।
जसपाबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाइ प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् । जसपाबाट राजेन्द्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए भने मृगेन्द्रकुमार कृषि तथा पशुपंक्षी विकास, इश्तियाक भौतिक पूर्वाधार तथा यातायात र प्रदीप वन तथा वातावरण मन्त्री थिए ।
उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् । जसपाले गठबन्धन छोडेर एमालेसँग तालमेल गर्दा मन्त्री बनेका चारजना बर्खास्तमा परेका हुन् ।

