मोटरसाइकलको ठक्करबाट ५ वर्षीय स्मार्ट डाँगीको मृत्यु

मोटरसाइकलको ठक्करबाट ५ वर्षीय स्मार्ट डाँगीको मृत्यु


  • 7.4K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    मोटरसाइकलको ठक्करबाट ५ वर्षीय स्मार्ट डाँगीको मृत्यु

    दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय स्मार्ट डाँगीको मृत्यु भएको छ ।

    images

    हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.७प ३१३१ नम्बरको मोटरसाइकले शान्तिनगर गाउँपालिका ७, खैरेनीका ५ वर्षीय डाँगीलाई शुक्रबार बेलुका ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा