काठमाडौं । मंसिर ४ गते आउन ३६ दिन मात्रै बाँकी छ । सबै दलका शीर्ष नेताहरु पार्टीको घोषणा पत्रको तयारीमा जुटिरहेका छन् । यसबीच नेकपा एमाले पनि एक रिसोर्टमा गएर घोषणा पत्र तयार गरिरहेको छ ।
शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका लागि सुझाव मागेका थिए । शनिबारै ललितपुरको लाकुरीभञ्ज्याङ रिसोर्टमा पुगेर अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले चुनावी घोषणापत्र तयार गरिरहेको हो ।
हेरौं अध्यक्ष ओलीको सचिवालयले उपलब्ध गराएका थप तस्बिर :






