कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी 

 कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी 


  • 6.8K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

     कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी 

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।   

    images

    भर्खरै सम्पन्न मत गणनाअनुसार थापा ३०२३ मत प्राप्त गर्दै र शर्मा १०८४ मत प्राप्त गर्दे महामन्त्रीमा विजयी भएका हुन । यसैगरि प्रकाशरण महतले १५५६, प्रदिप पौडेलले १३९३ मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । 

    थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् ।

    कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित भएका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।

    विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् ।


    तेस्रो आँखा