वीरेन्द्रनगर । यसपालिको दसैँ बाढी–पहिरोले मनाउन दिएन । पूर्वदेखि पश्चिमसम्म बाढी–पहिरोले वितण्डा मच्चाइरह्यो । जुम्लामा पनि पाँच दिनसम्म परेको बाढी र पहिरोले धनजनको उत्तिकै क्षति भएको छ ।

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले खेतमा पाक्नै लागेको धान बगाएर लगेको छ त कतै ढलेर खेतमै दाना छरपस्ट भएका छन् । वर्षभरि पुग्ने अन्न संकट हुने तिला गाउँपालिका– १ का किसान जयबहादुर बुढाले बताउँछन् । बाढी–पहिरोले धानबाली नष्ट बनाएपछि जयबहादुरसहित तिलाका किसान चिन्तामा छन् ।

यता तिला गाउँपालिका–४ साँपुल्लीमा बाढी- पहिरो खनिँदा गाउँ बगरमा परिणत भएको छ । साँपुल्लीवासी परिलाल सुनार, मिमबहादुर शाही, चाउरी शाहीलगायतको घर बाढी–पहिरोमा परेको छ । उनीहरु अहिले छिमेकीकोमा आश्रय लिइरहेका छन् ।


तस्बिर / रासस
