काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।
सरकारका प्रवक्ता एवं गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार, सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हो ।

