काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘दमकबाट शुभप्रभात, नमस्कार १ आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु,’ ओली तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन झापा पुगेका हुन् ।
मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी चुनावी कार्यक्रममा नगई दमकस्थित निवासमै आरामरत थिए । एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरेको बताए ।
