'निर्वाचनलाई दूषित पार्ने सामग्री सम्प्रेषण नगरौं'

'निर्वाचनलाई दूषित पार्ने सामग्री सम्प्रेषण नगरौं'


  • 5.5K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    'निर्वाचनलाई दूषित पार्ने सामग्री सम्प्रेषण नगरौं'

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगको आग्रहमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज बिहीबार आयोजना गरेको भर्चुअल  कार्यक्रममा  सम्बोधन गर्दै साे कुरा बताएका हुन् । 

    images

    प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे । आयोगले निर्वाचन आचारसंहितामा पहिलोपटक मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै उनले  सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गराउन खोजेको मात्रै दाबी गरे ।

    प्रमुख आयुक्त थपलियाले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको जनाए । निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको  पनि उनले जनाए । 

  • सम्बन्धित विषय:

  • # निर्वाचन आचारसंहिता
  • # मंसिर ४ निर्वाचन

  • तेस्रो आँखा