कांग्रेस केन्द्रीय परिचालन समितिमा आज यी सदस्य भए मनोनित

कांग्रेस केन्द्रीय परिचालन समितिमा आज यी सदस्य भए मनोनित


  • 6.9K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    कांग्रेस केन्द्रीय परिचालन समितिमा आज यी सदस्य भए मनोनित

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गरेका छन् ।
     
    कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेकाे समितिमा उनले आज थप १८ सदस्य मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ । 

    images

     समिति सदस्यमा किरणबाबु श्रेष्ठ, जनकराज कलौनी, रेशमबहादुर बानियाँ, नरेन्द्र कुमाल, विमल गौचन, नरभान कामी, छायाराम खनाल, दीर्घराज काफ्ले, बलबहादुर गुरुङ, नवलबहादुर मल्ल, धर्मानन्द भट्ट, मनकुमारी गुरुङ, अर्जुनप्रकाश अर्याल, दीपकराज गुरुङ, गणेशबहादुर बस्नेत, मानबहादुर चन्द, अनिलकृष्ण प्रसार्इं र दानबहादुर बम मनोनित भएका हुन् ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा