सकसमा अध्यक्ष पुष्पकमल दाहाल
माओवादी केन्द्रमा नेतृत्वको मोह बढ्दो/प्रदेशमा जुटेन सहमति

माओवादी केन्द्रमा नेतृत्वको मोह बढ्दो/प्रदेशमा जुटेन सहमति


  • 7.8K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    माओवादी केन्द्रमा नेतृत्वको मोह बढ्दो/प्रदेशमा जुटेन सहमति

    काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गर्दै    छ । राष्ट्रिय सम्मेलन पुर्व तल्लो तहदेखि अधिवेशनका कार्यक्रम गर्दै आएको केन्द्रले अहिले प्रदेशको अघिवेशन गर्दैछ । गत मंसिर २५ गते केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सातै प्रदेशमा एकैसाथ भर्चुअल माध्ययमबाट सम्मेलनको उद्घाटन गरे । 

    images

    उद्घाटन सत्रसंगै माओवादी केन्द्रको भौगोलिक र ग्रैह भौगोलिकगरि १० वटा प्रदेशमा अधिवेशन सुरुभयो । तल्लो तहमा सहमतिमा नेतृत्व चयन भएपनि प्रदेशमा आइपुग्दा नेतृत्वमा आउन खोज्नेहरुको संख्या अत्यधिक रहेको छ । वडा, गाउँ, नगरपालिकामा सहमतिमा नेतृत्व चयन भयो । तर, प्रदेशमा आइपुग्दा त्यो सिलसिला रोकिएको छ । प्रदेशमा आकांक्षी धेरै हुदा अध्यक्ष पुष्पकमल दाहाललाई नेता व्यवस्थापनमा सकस भएको छ । 

    राष्ट्रिय सम्मेलन आउन १० दिनमात्रै बाँकी रहदा अहिलेसम्म सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरी नौमध्ये छ वटामा अध्यक्षसहित पदाधिकारीमा विवाद टुङ्गो लागेको छैन । पार्टीले शनिबारसम्म सहमति खोज्न निर्देशन दिएको छ । तर, अधिकांस प्रदेशमा समयमै नेतृत्व आउने छाट् देखिको छैन । यसले के देखाउँछ भने राजनीतिक दलमा पुस्तान्तरणको विषयले प्रवेश पाएसंग अब कार्यकर्ताहले सोहि अनुरुप मत व्यक्त गर्न थालेका छन्  । जसले राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन गर्न अध्यक्ष दाहाललाई निकै ठुलो चुनौती थपिने देखिएको छ ।

    माओवादी केन्द्रका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरीनौमध्ये छ वटामा अध्यक्षसहित पदाधिकारीमा विवाद हुँदा टुङ्गो लागेको छैन । प्रदेश १, बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रदेश कार्यसमिति मात्र निर्वाचित भएको छ । पदाधिकारी चयन भएको  छैन । प्रदेश २ मा सम्मेलन उद्घाटन भए पनि बन्दसत्र सुरु नै भएको छैन ।

    गण्डकी, कर्णाली र सम्पर्क समन्वय विषेश प्रदेश समितिले प्रदेशमा अध्यक्ष टुङ्गो लागाएका छन्  । अन्य पदाधिकारी टुङ्गिएको छैन । गण्डकीमा गायत्री गुरुङ, कर्णालीमा विमला केसी र सम्पर्क समन्वयमा श्रीकृष्ण अधिकारी अध्यक्ष चुनिएका छन् । अन्य पदाधिकारी चयन बाँकी नै छ । उपत्यका विशेष प्रदेश समितिले मात्रै अध्यक्ष जगत सिम्खडासहित पदाधिकारी र कार्यसमिति पाएको छ । 

    प्रदेश–१ को अध्यक्षमा सुरेशकुमार राई, हेमराज भण्डारी, सुदन किराती र इन्द्र आङ्बोहाङले दाबी गरेपछि सर्वसम्मत हुन सकेको छैन । बागमती प्रदेशमा अध्यक्षका लागि प्रदेश समितिमा रहेका सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डीपी ढकाल, विदुर खड्काले दाबी गरेका छन् । अध्यक्षमा सर्वसम्मत नभएमा निर्वाचित प्रदेश समितिबाट मतदान गरेर टुङ्गो लगाउनुपर्ने व्यवस्था छ । 

    प्रदेश एकमा आकांक्षी धेरै हुँदा तीन सदस्यीय समिति बनेको छ । लुम्बिनीमा अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा र दिपेन्द्र पुनले दाबी गरेका थिए तर, गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी र नरेन्द्र कुँवरको दाबी छ । प्रदेशमा बढ्दो नेतृत्वको मोह हेर्दा राष्ट्रिय सम्मेलनमा नेता व्यवस्थापनमा सकस हुने देखिएको छ । पार्टीभित्र पुस्तान्तरणको वहश चल्दै गर्दा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट चुनिए आउनेगरि पार्टीको विधान संशोधन प्रस्ताव गरेको छ  ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप