तेस्रो आँखा
दाङ, कात्तिक ८ ।
दाङको घोराहीमा फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । घोराही उपमहानगरपालिका १५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा ३ फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग र स्टार दाजुभाई फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिए ।
आगलागीबाट ६ करोड बढीको क्षति भएको दाजुभाई भर्निचर उद्योगका सञ्चालक रुपलाल ठाकुरले बताए ।
आगलागी राती करिब १२ बजेबाट सुरु भएको सञ्चालक ठाकुरले बताए । आगो बिहान साढे ४ बजे नियन्त्रणामा आएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
विद्यतु सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ ।


