रोल्पा, कार्तिक ९ । रोल्पामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउसो भालुवाङ - लिवाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउपालिका-४ सेवाकेन्द्र भन्ने स्थानमा सुलिचौरबाट गजुल तर्फ जाँदै गरेको लु १ ज ३२३४ नं.को फोर्स गाडि दुर्घटना हुदा ३ जनाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दाङ घोराहीका करिब ५८ बर्षिय विष्णु प्रसाद रिजाल उनका दाजु ६० बर्षिय नारायण प्रसाद रिजाल र दाङ कै करिब ५० बर्षिय फाम्सि के.सी. रहेका छन ।
दुर्घटनामा परि रोल्पा सुनिलस्मृति -२ खुङ्ग्रीका चन्द्रचमन सिंह, दिपा ठकुरी, नितु सिंह, निलम सिंह, आस्था थापा, स्वस्तिका थापा, मिझिङका मेनुका विष्ट, कुशुमा विस्ट, दाङ तुलसिपुर -१५ डुडुवा वस्ने ईश्वरी थापा, भगवति रिजाल, दाङ घोराहि.-६ कि निर्मला शर्मा,रोल्पा सुनिलस्मृति .-३ मिझिङ वस्ने जित वहादुर विष्ट (चालक) घाईते भएका छन् । प्रहरीका अनुसार बाटोबाट करिब १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका चन्द्रचमन सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तिका थापा र भगवति रिजाललाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाईएको छ । रोल्पा प्रहरी प्रमुख विनोद घिमिरे सहितको टोलि उद्दारमा खटिएको प्रहरीले जनाएको छ ।
