बुटवल, कात्तिक १३ । रुपन्देही १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली नैतिकता नै नभएको ब्यक्ति भनेर टिप्पणी गरेका छन् । एमालेका पूर्व उपमहासचिव समेत रहेका भसाालले ओलीमा राजनीतिकर्मीमा हुनु पर्ने नैतिकता नै नभएको बताए ।
चुनावी अभियानका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा उनले भने ‘प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ चढेको र उनले संविधानमाथि नै आक्रमण गरेपछि हामीहरुले विरोध गरेका हौँ ।’ भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको समेत बताए ।
