• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त


  • 5.1K
    SHARES
    • कार्तिक २१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

    प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरेका छन् । 
     नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिए  ।
     प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिएको सचिव सुनारले जानकारी दिए ।  
     प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन् । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ । प्रधानमन्त्री देउवाले बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन् ।

    images


    तेस्रो आँखा