• ट्रेण्डिङ्ग :
प्रचण्डले मतदातालाई भने - उम्मेदवार म मात्रै हैन, तपाईहरु सबै हो

प्रचण्डले मतदातालाई भने - उम्मेदवार म मात्रै हैन, तपाईहरु सबै हो


  • 4.7K
    SHARES
    • कार्तिक २८, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    प्रचण्डले मतदातालाई भने - उम्मेदवार म मात्रै हैन, तपाईहरु सबै हो

    दाङ क्षेत्र नम्बर २(२) का प्रदेश सभा सदस्यका उम्मेद्वार प्रचण्ड बिक्रम न्यौपाने गुन्टुले आसन्न निर्वाचन मुलुक को हित चिताउने र अहित चाहनेहरुको बिचको प्रतिष्पर्धा भएको बताएका छन् ।

    images

    फलत : आगामी निर्वाचन समान्य जीत हारको प्रतिस्पर्धा मात्रै नभएको बताए । आज विभिन्न स्थानमा भएका चुनाबी कार्यक्रमहरुमा बोल्दै गुन्टुले भने ” यो चुनाव ब्यक्तिको हार जीतको मात्रै प्रतिस्पर्धा हैन, मुलुकको हित चिताउने हरु हामी र अहित चिताउने शक्तिबिचको लडाइँ हो ।”

    उनले आगामी निर्वाचनमा मुलुकको हित चिताउने शक्तिको बिजयी हुनु पर्ने बताए । लामो बिद्यार्थी राजनिती पछि आफू पहिलो पटक जनप्रतिनिधि बन्ने दौडमा रहेको भन्दै उनले आफ्नो उम्मेदवारी आफ्नो ब्यक्तिगत नभई सबै मतदाताको उम्मेदवारी रहेको बताए । उनले आफ्नो प्रतिस्पर्धा मौलिक हक अधिकार प्राप्तिको लडाइका निम्ति रहेको भन्दै थपे ” उम्मेद्वार म मात्रै हैन,तपाईं हरु सबै हो, हामी मौलिक अधिकार प्राप्तिका लड्नु छ, सबै मिलेर लडौ, त्यसकालागी हाम्रो जीत अनिवार्य हुनु पर्छ ।”

    विभिन्न वडाहरुका मतदात समक्ष पुगेका गुन्टु समक्ष मतदाताहरुले दैनिक जीवनयापन संग सम्बन्धित मागहरु राखेका थिए । जवाफमा गुन्टुले आफ्नो चुनावी दौड मतदाताकै माग सम्बोधनका लागि भएको बताए ।

    सोमबार गुन्टुले तुलसीपुर १८, घोराही ८, घोराही ११ लगाएतका वडाका मतदाताहरुसँग भेट गरेका थिए ।


    तेस्रो आँखा