• ट्रेण्डिङ्ग :
एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : डा. रावल

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : डा. रावल


  • 5.5K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : डा. रावल

    पुस, ३ अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । 

    images

    बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता डा. रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

    तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । डा. रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।

    यस अघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए। 

    लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता-कार्यकर्ता एकताको पक्षमा रहँदा पटक-पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको डा. रावलले बताए । न्युज कारखाना


    तेस्रो आँखा