तेस्रोआँखा डेस्क
काठमाडौँ,पुस ३ ।
एमाले नेता भीम रावललाई सल्लाहकारको जिम्मेवारी दिइएको छ । एमालेले रावललाई पार्टीको केन्द्रयि सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिएको हो । एमाले अध्यक्षमा केपी शर्मा ओलीसंग पराजित भएपछि रावल पार्टीमा जिम्मेवारीविहीन थिए । उनलाई पार्टीमा थप जिम्मेवारी दिने बिषयमा ओली र रावल बिच परामर्श हुने एमाले महासचिव शंकर पोख्रेलले जानकारी दिए ।
