• ट्रेण्डिङ्ग :
एमाले नेता रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी

एमाले नेता रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी


  • 5.8K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    एमाले नेता रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी

    तेस्रो आँखा पुस ३ काठमाडौँ , नेकपा एमालेका नेता डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी पाएका छन्  ।

    images

    पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए । 

    अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । थप जिम्मेवारीका लागि अध्यक्ष ओली र रावलको परामर्शबमोजिम हुने पोखरेलले बताए ।

    पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो । पार्टीको दसौं राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ ।

    अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् । रावले उक्त जिम्मेवारी लिने कि नलिने अहिले सम्म कुनै धारण आएको छैन् 


    तेस्रो आँखा