- तेस्रोआँखा डेस्क
काठमाडौं, पुस ३ । एमाले नेता भीम रावलले आँफूलाई पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाईएको प्रति आपत्ति जनाएका छन् । उनले आँफूलाई सोध्दै नसोधि पदको टिका लगाईदिएको भन्दै आपत्ति जनाएका हुन् । सामाजिक सञ्जाल मार्फत उनले पार्टीमा यो टिके प्रथा ठिक नभएको उल्लेख गरेका छन् । उनले यो टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मुल्य मान्यता बिपरित हुने समेत जनाएका छन् । एमाले महासचिव शंकर पोख्रेलले रावललाई सल्लाहकार परिषदको सदस्य बनाईएको बताएका थिए ।