नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको ‘राज’ खुल्दै गएको बताएका छनन् । गृह जिल्ला झापामा आयोजित एक कार्यक्रममा उनले भने ‘यो सरकार कसरी बनेको रहेछ भन्ने कुरा थाहा हुँदैछ ।’ प्रधानन्याधीसको कोटामा मन्त्रालय दिने सर्तमा वर्तमान सरकार गठनको फैसला भएको प्रष्ट भएको भन्दै ओलीले भने ‘यो सट्टापट्टामा बनेको सरकार रहेछ भन्ने त प्रष्टै भैसक्यो ।’ प्रधानन्याधिस चोलेन्द्र समशेर जबराका जेठान गजेन्द्र हमाल पनि मन्त्री बनेका थिए । उद्योगमन्त्री बनेका हमालले यहि आलोचनाका कारण केहि दिन अघि राजीनामा दिईसकेका छन् ।
एमाले अध्यक्ष ओलीले सट्टापट्टामा सरकार बनेको प्रष्ट भैसकेको र आर्थिक लेनदेन पनि यसको अर्को कारण रहेछ भने त्यो पनि खुल्ने बताए ।
