- तेस्रो आँखा डेस्क
काठमाडौं, ३ पस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । देउवाले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको वैठकको विषय भने खुलाइएको छैन ।
बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी संझौता अनुमोदनको विषयमा छलफल गर्ने स्रोतले बताएको छ । यही ६ गते प्रतिनिधिसभा बैठकसमेत बस्दैछ ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ तर नेकपा (एमाले) ले आफूले सांसदहरूलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।
त्यस्तै, सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।
