२५ गतेदेखि तुलसीपुरमा महोत्सव सञ्चालन हुने

२५ गतेदेखि तुलसीपुरमा महोत्सव सञ्चालन हुने


  • 4.6K
    SHARES
    • मंसिर २२, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    २५ गतेदेखि तुलसीपुरमा महोत्सव सञ्चालन हुने

    दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ । मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुने भएको हो ।

    images

    यसअघि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सब उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगित भएको छ । पुनः सम्बन्धित निकायबाट अनुमति लिएर युथ्स अफ तुलसीपुरले महोत्सब आयोजना गरेको हो ।

    महोत्सवमा २ सय बढि स्टल रहनेछन् । कृषि, पर्यटनसहित स्थनीय स्तरका ब्यबसायीहरुकोलागि स्टल राखिनेछ । तुलसीपुरका ब्यबसायीलाई असर नपर्ने गरी स्टल ब्यबस्थापन गरिएको सस्थाका अध्यक्ष अरुण लहरेले पत्रकार सम्मेलन गरि जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

     


    तेस्रो आँखा