लुम्बिनी प्रदेशमा प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

लुम्बिनी प्रदेशमा प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत


  • 3.1K
    SHARES
    • जेठ १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    लुम्बिनी प्रदेशमा प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

    दाङ १५ जेठ 
    लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

    images

    प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए । उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए ।

    साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको बताए । शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरवका आयोजनाका रुपमा विकास गर्ने बताए । 


    तेस्रो आँखा