काठमाडौं, ४ पुस । संघीय संसदका दुबै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोध र एमसीसी परियोजनाका बारेमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक अहिले बसिरहेको छ ।
सर्वदलीय बैठकअघि साझा धारणा बनाउन बालुवाटार स्थीत प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा संसदमा प्रतिपक्षीको अवरोध र एमसीसी सम्झौतालाई गठबन्धनको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रीत भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अपरान्ह ४ बजे आह्वान गरेको सर्वदलीय बैठक अघि गठबन्धनमा धारणा बनाउने विषयमा छलफल केन्द्रीत भएको छ ।
माओवादी केन्द्रले एमसीसी सम्झौता संशोधन गरेर अघि बढ्ने धारणा बनाएको छ, भने एकिकृत समाजवादी पार्टीले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । बैठकमा नेताहरुबीच सर्वदलीय बैठकमा गठबन्धनको तर्फबाट एउटै धारणा बनाउने विषयमा छलफल केन्द्रीत छ ।
