अध्यक्षमा सुजल र विवेक

अध्यक्षमा सुजल र विवेक


  • 6.6K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 10.1K Views

    अध्यक्षमा सुजल र विवेक

    तुलसीपुर १९ जेठ/
    तुलसीपुर ९ बेलुवा स्थित सगरमाथा वालवाटिका इङ्लिस स्कुलमा आज बाल क्लब र यस क्युसीको दुइवटा चुनाव भएका छन । बाल क्लबको अध्यक्षमा कक्षा ७ का छात्र  सुजल डाँगी निर्वाचित भएका छ्न भने उपाध्यक्षमा कक्षा ९ कि छात्रा माया मगर निर्वाचित बनेकि छिन। यसैगरी सचिबमा प्राप्ति गिरी, सह सचिबमा अनिश केसी, कोषाध्यक्षमा गौरव भुसाल र खुल्ला सदस्य तर्फ तिलक बिक, सुनिल वली, अञ्जली नेपाली निर्वाचित भएका छ्न भने महिला सदस्यमा सिमरन खड्का अत्याधिक मतले विजयी भएकी मतदान अधिकृत सरद शर्मा मजगैयाले जानकारी दिए ।

    images

    त्यसैगरी क्युसी तर्फ अध्यक्षमा विबेक बिक निकटतम प्रतिस्पर्धी निरज चौधरीलाई भारी मतान्तरले फरक पार्दै विजयी भएका छन भने उपाध्यक्षमा सुजल डाँगी, सचिवमा अर्जुन नेपाली, सहसचिवमा मनिशा बिक निर्वाचित भएका छन भने कोषाध्यक्षमा बिजय चौधरी, खुल्ला सदस्यमा अनुशा गौतम, किन्जल चौधरी, मनिशा चौधरी र महिला सदस्यमा गङ्गा चौधरी निर्वाचित भएका छन।

    बालबालिकाको आफ्नो र समाजको साझा उदेश्य प्राप्तिको लागि सहभागितामुलक ढङ्गले सक्रिय रुपमा अग्रसर गराउन बालक्लबको गठन तथा परिचालन गरि अधिकारमुखी अवधारणाको सुरुवात र लोकतान्त्रिक मुल्य मान्यताको अवलम्बन तथा सुशासनको आधार स्तम्भका रुपमा उक्त क्लब गठन गरेको प्रधानाध्यापक छवि कुमार वलीले जानकारी गराए । जसले बालबालिकामा अन्तर्निहित क्षमतालाई प्रोत्साहित र अभिप्रेरित गर्दै सृजनशिल बनाउन सहयोग पुर्याउने वलीले बताए ।

    बालबालिका बिच आपसी मेलमिलाप तथा सहिष्णुताको भावना बिकास गरि बालबालिकामा पर्न जाने नकारात्मक प्रवृत्ति र बिकृति विरुद्धमा एकजुट हुन र सामाजिक परिवर्तनको सवाहकको रुपमा विकास गर्न र वाल संरक्षण सम्बन्धि कार्य गर्न जस्तै बालबिबाह, बालश्रम,बेचबिखन तथा ओसारपसार, बाल दुर्ब्यसन, घरेलु हिसा लगाएतका बालबालिका माथी हुने सबै प्रकारका हिसार बिभेद, जोखिममा रहेका बालबालिका, बिधुतिय अपराध, पारिवारिक विखण्डनमा परेका बालबालिकाहरुको न्यायको लागि आवाज उठाउन र आफु सरिक हुनु पर्छ भनी वलीले बिध्यार्थीलाई प्रशिक्षण गरेका थिए ।

    यसैगरी विद्यालयमा गुणस्तर अभिवृद्धि गर्नको लागि क्युसी गठन भएको विद्यालयका सिइओ यमकान्त खरेलले जानकारी दिए । जसले गर्दा विद्यार्थीमा नेतृत्वको बिकास भइ उनिहरुमा क्षमताको बिकास हुनेमा उहाले जोड दिए । विद्यालयले विद्यार्थीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न समय सापेक्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।


    तेस्रो आँखा