विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल


  • 5.7K
    SHARES
    • जेठ २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 8.8K Views

    विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

    दाङ २० जेठ/
    मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन्  ।

    images

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

    उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

     


    तेस्रो आँखा