• ट्रेण्डिङ्ग :
अनेकतामा एकता खोजौंं: प्रधानमन्त्री देउवा

अनेकतामा एकता खोजौंं: प्रधानमन्त्री देउवा


  • 6.8K
    SHARES
    • पौष ४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    अनेकतामा एकता खोजौंं: प्रधानमन्त्री देउवा

    काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको बताएका छन् । १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृति समुदाय मिलेर बनेको राष्ट्र भएको बताए । उनले साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउने बताए । 

    images

    ज्यापु समाजको कार्यक्रममा बोल्दै उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न योगदान गरेको उल्लेख गरे । संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

    प्रधानमन्त्री देउवाले नेपालको जस्तो भौगोलिक विधिधता र प्राकृतिक सम्पदा विश्वमै कतै नभएको उल्लेख गरे । मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता निर्माणमा सहयोग पुग्ने उनको विश्वास थियो ।