कठमाडौं,४ पुस । संघीय संसदका दुबै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोध र एमसीसी परियोजनाका बारेमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको चिया गफमै सिमित भएको छ । सर्वदलीय बैठकअघि साझा धारण बनाउन बालुवाटार स्थीत प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा दलहरु आफ्नै अडानमा रहदा बैठक निश्कर्षमा पुग्न सकेन ।
संसदमा प्रतिपक्षीको अवरोध भन्दापनि एमसीसी सम्झौताका विषयमा साझा धारण बनाउने बारेमा नेताहरुबीच छलफल भएको थियो । सत्तारुढ माओवादी केन्द्रले संशोधनबिना सम्झौता अघि बढाउन नहुने अडान राख्दै आइरहेको छ ।
भने, एकिकृत समाजवादी पार्टीले अहिलेसम्म सम्झौताका विषयमा आफ्नो धारणा तय गरेको छैन । बैठक सुरुहुनु अघि बालुवाटारबाट एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बाहिरिएका थिए । गठबन्धनको मुख्य घटकका अध्यक्षनै बाहिरिएपछि बैठक निश्कर्षमा पुग्न नसकेको एक नेताले बताए । अहिले सर्वदलीय बैठककालागि नेताहरु आउनेक्रम जारी हरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनै उपस्थित नहुने यसअघि नै बताईसकेको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सर्वदलीय बैठकको औचित्य नभएकाले उपस्थित नहुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अबरोधका विषयमा पार्टीमा छलफल गर्नु पर्नेमा त्यो नगरि सर्वदलीय बैठक बोलाएको भन्दै आलोचना गरे ।
उनले भनेः सर्वदलिय बैठक एक औपचारिक कार्यमात्रै रहेको भन्दै आफुहरु उपस्थित नहुने बताए । बैठकमा एमाले उपस्थित नहुने यसअघि नै बताएको थियो । उसले आफुहरुले कारबाही गरेका नेताहरुलाई संसदीय हैसियत दिएर बैठकमा बोलाएको भन्दै उपस्थित नहुने बताएको हो । एमाले सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै लगातार संसद अबरुद्ध गर्दै आएको छ । एकिकृत समाजवादी पार्टी सर्वदलीय बैठकमा उपस्थित हुने भएको छ ।
