एमसीसीको भ्रम चिर्न अध्ययन समिति 

एमसीसीको भ्रम चिर्न अध्ययन समिति 


  • 7.2K
    SHARES
    • पौष ४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    एमसीसीको भ्रम चिर्न अध्ययन समिति 

    काठमाडौं, ४ पुस । सत्ता गठबन्धनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट पार्न अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको गठबन्धनको बैठकले तीन सदस्यीय समिति बनाएको हो ।

    images

    बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका थिए । तर, सत्ता साझेदार दलहरूले नै एमसीसीका व्यवस्थाहरूमाथि प्रश्न उठाएपछि गठबन्धनले त्यसबारे समान धारणा बनाउन समिति गठन गरेको हो ।

    अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल छन् । समितिले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने सहमति भएको नेता झलनाथ खनालले बताए ।   

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • तेस्रो आँखा
    लेखकबाट थप