तुलसीपुर क्षेत्रका सबै विद्यालयमा पाँच दिन गर्मी विदा

तुलसीपुर क्षेत्रका सबै विद्यालयमा पाँच दिन गर्मी विदा


  • 3.9K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    तुलसीपुर क्षेत्रका सबै विद्यालयमा पाँच दिन गर्मी विदा

    तुलसीपुर २५ जेठ /
    तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले पालिका भित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई पाँच दिन गर्मी विदा गर्न अनुरोध गरेको छ । शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बिहीबार एक विज्ञेप्ती निकालेर जेठ २६ गतेदेखि ३० गतेसम्म पाँचदिन उपमहानगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाँचदिन सम्म गर्मी विदा गर्न अनुरोध गरेका छन् ।

    images

    ‘केही दिनदेखि दाङ जिल्ला लगायत आपपासका क्षेत्रहरुमा बढेको गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाई भएको र विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएको साथै मौषम विद्का अनुसार अझै केही दिनसम्म तापक्रम बृद्धि हुन सक्ने पूर्वानुमान रहेकाले तुलसीपुर उपमहानगर शिक्षा समितिको जेठ २५ गतेको निर्णय अनुसार यसवर्षको बार्षिक विदाबाट कट्टी हुनेगरी जेठ २६ गतेदेखि ३० गतेसम्मका लागि गर्मी विदा गर्न सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई जानकारी गराइन्छ’ विज्ञेप्तीमा भनिएको छ । 


    तेस्रो आँखा