दाङ २५ जेठ/
गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिका विद्यालयमा गर्मी विदा गरिएको छ । अत्याधिक गर्मीले बालबालिकालाई स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै घोराहीका विद्यालयमा २६ गतेदेखि जेठ ३० गतेसम्म गर्मी विदा दिएको हो।
तुलसीपुर तुलसीपुर उपमहानगरपालिकाकाले पछि जेठ २६ गतेदेखि ३० गतेसम्म सबै विद्यालयमा गर्मी विदा दिएको छ ।
तर घोराही उपमहानगरपालिकामा भने संस्थागत विद्यालयहरुले मात्र गर्मी विदा गरेका छन् । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी गर्दै जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी विदा दिएको जनाएको छ।
दाङमा पछिल्लो तापक्रम ३८ दशवल ४ डिग्री सेल्सियस पुगेको छ ।
